काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले परजित गरेको हो।
बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए। यस खेलमा खेलको १७औ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो।
यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ। त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ।
त्यसैगरी रियल सोसियडाडको २६ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।