काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर २८९० दशमलव २८ को विन्दुमा पुगेको छ ।
आइतबार ३०२ कम्पनीका एक लाख ३९ हजार ५९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब २५ करोड चार लाख ७५ हजार रुपैयाँ रहेको छ ।
१९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्डमा झिनो गिरावट आउँदा बाँकी हरियाली छन् ।
हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोफाइनान्स, र नेपाल लाइफ इन्स्योरेन्सका सेयरमा सकारात्मक सर्किट लागेको छ भने आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।