कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठकमा मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन

काठमाडौं : नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

सरकारमाथि निगरानी गर्न भन्दै जेठमा छाया सरकार बनाएको कांग्रेसले अहिलेसम्म बैठक नै राखेको थिएन । तर आइतबार संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रियसभा संसदीय दलका नेतासहित मन्त्रालयगत समितिका संयोजकहरुको बैठक बोलाएका थिए ।

बैठकमा उपस्थित छाया मन्त्रीहरुले अहिलेसम्म गरेका कामकारबाहीबारे रिपोर्टिङ गरेका छन् । त्यसक्रममा कतिपयले समितिका सदस्यहरु सक्रिय नभएको गुनासो गरेका छन् भने कतिले अझै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।