सेयर बजारमा उछाल, परिसूचक २८ सयको विन्दुमा

सेयर बजारमा उछाल, परिसूचक २८ सयको विन्दुमा

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव १५ अङ्कले बढेर २८१५ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०० कम्पनीका एक लाख १२ हजार ३२ पटकको कारोबारमा २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ४९ करोड २४ लाख १ हजार रुपैयाँ रहेको छ ।

१८६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।