सेयर लगानीकर्ताहरुलाई नागरिक कोषले २३ प्रतिशत लाभांश दिने

सेयर लगानीकर्ताहरुलाई नागरिक कोषले २३ प्रतिशत लाभांश दिने

काठमाडौं : नागरिक लगानी कोषले सेयर लगानीकर्ताहरुलाई २३.१६ प्रतिशत लाभांश दिने भएको छ ।

कोषले लगानीकर्ताहरुलाई २२ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषले बोनसका लागि २९ करोड ५८ लाख ७१ हजार ३०७ रुपैयाँ र त्यसको कर प्रयोजनको लागि १ करोड ५५ लाख ७२ हजार १७४ रुपैयाँ वितरण प्रस्ताव गरेको छ । कोषको उक्त प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।