डोला बोकेर प्रचण्डले गरे १ सय ३३ किलोमिटरको मिथिला परिक्रमाको उद्घाटन

डोला बोकेर प्रचण्डले गरे १ सय ३३ किलोमिटरको मिथिला परिक्रमाको उद्घाटन

जनकपुर : मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला मध्यमिकी परिक्रमा सुरु भएको छ।

१५ दिनसम्म सञ्चालन हुने परिक्रममाको नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला बोकेर उद्घाटन गरेका छन्। उनीसँगै नेकपा नेता रघुवीर महासेठ, जुली महासेठ, राजकिशोर यादव, श्रवण बरबरिया, रामचन्द्र मण्डललगायतका नेताहरुले डोला बोकेका थिए।

आइतबार बिहानै धनुषाको मिथिला बिहारी नगरपालिकास्थित परिक्रमा उद्घाटन गर्दै प्रचण्डले दुबै देशको पर्यटकीय आदाप्रदानले समबन्ध अझै प्रगाढ हुने बताए। उद्घाटन समारोह चलिरहँदा प्रचण्ड चढेर आएका हेलिकप्टरबाट पुष्प वर्षासमेत गरिएको थियो।

फागुन औंशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारतका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँ गरी १ सय २० किलोमिटर भूभाग परिक्रमा गरिन्छ। नेपाल र भारतका विभिन्न स्थानमा हुने धार्मिक पैदल यात्रा १४ दिनसम्म विभिन्न धार्मिक स्थल र मठमन्दिर हुँदै फागुन पूर्णिमाको दिन पुनः जनकपुर आएर अन्तगृह पञ्चकोशी परिक्रमा गर्दै सम्पन्न हुन्छ। परिक्रममा रहेको १५ वटा विश्राम स्थलको आफ्नै विषेशता तथा महत्व छ।

यीमध्ये १० वटा नेपालमा र पाँचवटा भारतमा छन्। परिक्रमा गरेपछि सबै प्रकारका पाप नष्ट हुने, परिवारजनको कल्याण, सुख शान्ति र समृद्धि हासिल हुने जनविश्वास रहेको छ।

त्यस्तै भारतस्थ्ति विहारको कल्यानेश्वरबाट सुरु भइ गिरिजास्थान (फुलहर) हुँदै तेस्रो दिन महोत्तरीको मठियानी पुगेर परिक्रमावासीहरु विश्राम गर्छन्। तत्पश्चात जलेश्वर, मरइ, ध्रुवकुण्ड हुँदै यात्राको सातौँ दिन परिक्रमाबासीहरु महोत्तरीको कञ्चनवनमा धुमाधामका साथ होली खेल्छन् र राति त्यहीँ विश्राम गर्छन्।

मिथिलाको कुम्भ मेला भनेरसमेत चिनिने मध्यमा परिक्रमा झण्डै तीनसय वर्ष अघि सुरु भएको मानिन्छ। परिक्रममा सहभागीहरुलाई ठाउँ ठाउँमा विभिन्न सामाजिक, धार्मिक तथा स्थानीय सरकारका तर्फबाट निःशुल्क स्वास्थ्य शिविर, आवास, भोजन तथा अन्य सेवाहरुको व्यवस्था गरिएको छ।