प्रधानमन्त्रीको जन्मदिन मनाउन तेह्रथुममा सार्वजनिक बिदा

तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर पुग्दैछन्।

तेह्रथुमबाट बसाइँ सरेर झापा गएपछि विक्री गरेको पुर्ख्यौली घर ओलीले पुनस् किनेर मर्मत गराइसकेका छन्। प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि गाउँपालिकामा आइतबारका लागि स्थानीय बिदा दिएका छौं,’अध्यक्ष लिम्बूले भने। प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको छ। सल्लेको इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।