प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । आफ्नो ६९औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा ओलीका ९० वर्षीय बुवाले मञ्चमा उब्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भएको थियो । २४० पृष्ठको पुस्तकमा विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित रहेका छन् ।