नेपाली छात्राको न्यायको लागि अनेरास्ववियुद्वारा भारतीय दूतावासअघि प्रदर्शन

नेपाली छात्राको न्यायको लागि अनेरास्ववियुद्वारा भारतीय दूतावासअघि प्रदर्शन

काठमाडौं। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतको एक छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घट्नामा न्याय माग्दै नेपालस्थित् भारतीय दूतावासअघि प्रदर्शन तथा धर्ना दिएको छ।


सो क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे । आफूहरुको शान्तिपूर्ण प्रदर्शनमार्फत उठाईएका माग पूरा नगरे देशव्यापी रुपमा दबाब सिर्जना गर्न बाध्य हुने उनको चेतावनी छ। उनले प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी दिए ।