संसारकै चाैथाे प्रदूषित  सहरको सूचीमा काठमाडौँ सहर

संसारकै चाैथाे प्रदूषित  सहरको सूचीमा काठमाडौँ सहर

काठमाडौँ । काठमाडौं संसारकै चौथो प्रदूषित सहर भएको छ। आई क्यू एयरको एयर क्वालिटी इन्डेक्स (ए क्यू आई) वायुको गुणस्तर सूचकांकमा काठमाडौं चौथो स्थानमा छ। काठमाडौंमा एक्यू आई १८१ पुगेको छ, जुन अस्वस्थ मानिन्छ। 

यस्तैगरी, मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने वायुमण्डलमा पाइने प्रदूषणका सूक्ष्म कण अर्थात् फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) ९८.५ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ। विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने बताएको छ। पि एम २.५ का कारण वर्षेनी संसार भरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ। पि एम २.५ सजिलै फोक्सोमा पुग्ने र रक्त प्रवाहमा मिसिन सक्ने भएकाले यसले श्वास प्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउने जानकारहरू बताउँछन्।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका अनुसार वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) ०–५० लाई मात्रै राम्रो  मानिन्छ । एक्यूआई ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ