दोस्रो टी २०मा न्यूजिल्यान्डसंग इंग्ल्यान्ड पराजित

दोस्रो टी २०मा न्यूजिल्यान्डसंग  इंग्ल्यान्ड पराजित

काठमाडौ : न्यूजिल्याण्डको वेलिङ्टनमा खेलिएको दोस्रो टी २० खेलमा घरेलु टोली न्यूजिल्यान्डले इंग्ल्यान्डलाई २१ रनले हराएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गरेको न्यूजिल्यान्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १ बल बाँकी छँदै सबै विकेट गुमाएर १५५ रन बनायो । न्यूजिल्यान्डका मिचेल सान्टनर तीन विकेट लिँदै म्यान अफ दि म्याच घोषित भए ।