समयमा नै सडक नबनाएको भन्दै आन्दोलनमा उत्रिए चावहिलका व्यापारी

समयमा नै सडक नबनाएको भन्दै आन्दोलनमा उत्रिए चावहिलका व्यापारी

काठमाडौं : काठमाण्डौको चावहिल ( बौद्ध सडक खण्ड समयमा नै नबनेको भन्दै व्यापारीहरु बिरोधमा निस्किएका छन्। बुधवार आज बिहान उनीहरु पसल बन्द गरेर सडकमा उत्रिएका हुन्।

बर्षौं बित्दा पनि सडक नबनेको र धुलोधुवाँका कारण आफ्नो स्वास्थ्य साथै व्यवसायमा समस्या भएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन्। व्यवसायीहरुले बुधवार बिहान देखी नै पसल बन्द गरेर आन्दोलन गरिरहेका छन्।