उपेन्द्रले मधेशको मुख्यमन्त्री र केन्द्रमा शिक्षा मन्त्रालय पाउने निश्चित्

उपेन्द्रले मधेशको मुख्यमन्त्री र केन्द्रमा शिक्षा मन्त्रालय पाउने निश्चित्

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश र केन्द्र सरकारमा पार्टीको सत्तारोहण सुनिश्चित् गरेका छन्। सरकारले ल्याएका अध्यादेश पारित गर्न राष्ट्रियसभामा निर्णायक भूमिकामा भएपछि जसपा, नेपालको सत्तारोहणको बाटो खुलेको हो।

सरकारले अध्यादेश यही माघ २४ गते नै पारित गर्नेगरि कार्यसूचिमा राखेको थियो । तर, यादवले निर्णय दिन विलम्ब गर्दा सरकार एकाएक अध्यादेश पारित गर्ने प्रक्रियाबाट ब्याक भएको हो । आजको बैठकमा पनि अध्यादेश पारित गर्ने कार्यसूचि राखिएको थिएन ।

यादव यतिवेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लगातार सम्वादमा छन् । यादवलाई नै अहिलेको सरकारमा सामेल हुन बालुवाटारको प्रस्ताव छ । देउवाले समेत यादवलाई राम्रो मन्त्रालयको नेतृत्व लिएर आँफै सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

यादवले सुरुमा मधेश प्रदेशको नेतृत्वमा दाबी गरेका थिए । जसपा देउवा सकारात्मक भएपनि प्रधानमन्त्री ओली ढिलोगरि नेतृत्व जसपा नेपाललाई दिन राजी भएका हुन् । यादवले मधेशको मुख्यमन्त्री सुनिश्चित् गरेपछि केन्द्र सरकारमा मालदार मन्त्रालय मागेको पनि चर्चा छ । आज रातिसम्म मन्त्रालय कुन दिने भन्नेबारे यकिन हुने बताईएको छ ।

तर, बालुवाटारनिकट उच्च स्रोतकाअनुसार यादवलाई शिक्षा मन्त्रालय दिईनेगरि समझदारी हुँदैछ । यादवको सचिवालयले भने अध्यादेशलाई बार्गेनिङको अस्त्र बनाएको भनेर अध्यक्ष यादवमाथि लगाईएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेको छ । सचिवालयले अध्यादेशबार अब बस्ने संसदीय दलको बैठकमा पक्ष वा विपक्ष कता मत हाल्ने भन्ने कुरा निक्र्यौल हुने स्पष्ट पारेको छ ।

रिपाेर्टस् नेपाल डटकमबाट