संवाद

प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो संवाद गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको एक्सन रुमबाट संवाद हुनेछ । प्रधानमन्त्री ओलीले प्रदेशहरूमा विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग जानकारी लिन लागेका हुन् ।

यस्तै, आज २ बजे सगरमाथा संवाद तयारी बैठक पनि हुँदैछ ।