काठमाडाैँ । सरकारले माघ १८ गते पेस गरेको ६ वटा अध्यादेश पेस गर्ने सूची राष्ट्रियसभाबाट हट्ने भएको छ। उक्त बैठकमा सहभागी कानुनमन्त्री अजयकुमार चौरसियाले सरकारले सहमतिको प्रयास गरिरहेकोले कार्यसूचीबाट हटाउन आग्रह गरेका थिए।
'अध्यादेशसम्बन्धि प्रस्ताव पेस गर्ने कार्यसूची हटाइएको छ,' राष्ट्रियसभा सदस्य बेदुराम भुसालले भने, 'सरकारले सहमतिको प्रयास जारी रहेको भन्दै हटाउन प्रस्ताव गरेपछि हटाउने सहमति भयो।'
प्रतिनिधिसभामा कांग्रेस र एमालेसहितको बहुमत भए पनि राष्ट्रियसभामा भने जसपा नेपाल निर्णायक छ। जसपा नेपाल अध्यादेशको पक्षमा नउभिए अध्यादेश निष्क्रिय हुनेछ।
