काठमाडौँ । नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ । संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको समेत समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका हुन् ।
‘५१ वटा अस्वीकारका सूचना छन् । ती अस्वीकार गरिनेछ र अध्यादेश स्वतः स्वीकृत हुन्छ’, उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन, राष्ट्रियसभामा जसपा नेपालले समर्थन गर्छ ।’
उनले जसपा नेपाल अझै सत्तापक्षमा बसिरहेकाले अध्यादेशको पक्षमा मतदान गर्ने दाबी समेत गरे ।