सहकारी ठगी प्रकरण

चितवन जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु

चितवन जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।

आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

थुनछेक बहस सकिएमा न्यायाधीशले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे निर्णय लिने छन् ।