अनलाइनबाटै यसरी लिन सकिन्छ नेपाल टेलिकमको ई-सिम

अनलाइनबाटै यसरी लिन सकिन्छ नेपाल टेलिकमको ई-सिम

काठमाडौं । नेपाल टेलिकमको ई-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा आजदेखि ई-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

मंगलबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित  २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् ।
उनले भनिन्, ‘अहिलेसम्म ग्राहकहरूले ई-सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।’

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई-सिम प्रयोगमा आए पश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

अनलाइनबाटै ई-सिम कसरी लिने ? 

१. तपाईं नेपाल टेलिकमको वेबसाइट https://esim.ntc.net.np जानुहोस् वा यसको एप डाउनलोड गर्नुहोस् । वेब ब्राउजर खोल्दा यो पेज खुल्छ । मोबाइल नम्बर राख्ने स्थानमा १० अंकको मोबाइल नम्बर राखी ‘सेन्ड ओटीपी’ मा क्लिक गर्नुहोस् । मोबाइलमा ओटीपी आउनेछ र दोस्रो पेज खुल्नेछ ।