काठमाडौँ । गण्डकी प्रदेश सरकारले मंगलबार (माघ २२) सार्वजनिक बिदा दिएको छ ।
गण्डकी सरकारले यसअघि फागुन ४ गते सरकार स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो । यसपालि भने प्रदेशसभाको पहिलो बैठक बसेको मिति ०७४ माघ २२ लाई आधार मानेर प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । त्यसकारण फागुन ४ को सट्टा सोमबार सार्वजनिक बिदा दिइएको छ ।
गण्डकी मन्त्रिपरिषद्को माघ २१ को निर्णयानुसार २२ गते बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।