झन् शक्तिशाली बन्दै देउवा

झन् शक्तिशाली बन्दै देउवा

काठमाडौं। नेपाली कांग्रेसभित्र आसन्न १५औं महाधिवेशनको बहस सुरु भएको छ। सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर सक्रिय राजनीतिबाट विदा लिने महाधिवेशन भएकोले अहिलेदेखि नै १५औं महाधिवेशनको बारेमा चर्चा हुनु स्वभाविक हो। तर, कतिपय नेताहरुले भने अहिलेदेखि नै गुट अदलीबदली गरेको चर्चापनि छ।

देउवा क्याम्पका शक्तिशाली नेताहरु बालकृष्ण खाँण, महेन्द्र यादव र एनपी साउदले देउवाको साथ छोडेको हल्ला छ। तर, सभापति देउवानिकट उच्च स्रोतले भने कोहीपनि नेता देउवाको क्याम्पबाट दायाँबायाँ नभएको दाबी गरेको छ। सभापति देउवाले अहिले नै आफ्नो उत्तराधिकारी तोकेका छैनन्।

उनी अहिले कसले पार्टीलाई कुशल नेतृत्व दिनसक्छ भनेर नाडी छामेर बसेका छन् । कतिपयले महामन्त्री गगन थापा नै देउवा क्याम्पमा पुगेको दाबी गर्ने गरेका छन् । १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका गगनले १५औं महाधिवेशनको मुखमा गुट चेञ्ज गरेको र देउवाको क्याम्पमा पुगेको बताईन्छ । १५औं महाधिवेशनमा गगनले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

उता, १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपनि १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले अहिले आसन्न महाधिवेशनलक्षित देशव्यापी दौडाह गरिरहेका छन् । अहिले गगनसँग उनको सुमधुर सम्बन्ध छैन् । यो बीचमा शेखरको क्याम्प बलियो बन्दै गएको दाबी गरिरहेका छन् ।

देउवाका विश्वासपात्रहरु एनपी साउद नै शेखरको टिममा गएको चर्चा गरिएको छ । तर, देउवानिकट स्रोतले भने एनपी साउद अहिलेपनि देउवा क्याम्पमा रहेको दाबी गरेको छ । उता, महेन्द्र यादवले देउवाको साथ छोडेको हो होइन भन्ने अझै खुलेको छैन । तर, मधेश प्रदेशमा देउवाको गुट सशक्त छ । देवी प्रसाद तिमिल्सिनालगायत देउवा क्याम्पमा पुगेको बताईन्छ ।

लामो समय बालकृष्ण खाँण निष्क्रिय थिए । तर, पछिल्लो समय उनी देउवासँगको भेटवार्तापछि सक्रिय हुन थालेका छन् । गगन थापाले अहिलेको कांग्रेस–एमालेको सरकार बलियो बनाउने सवालमा अलिक बढि नै सक्रियता देखाएका छन् । सरकारको पक्षमा सार्वजनिक रुपमै वकालत गरेका छन् ।

यसले पनि कतिपयले उनी देउवा क्याम्पमा पुगेको भन्ने गरेका छन् । तर, उनीपनि आफ्नै समूह बलियो बनाउनेगरि लागेको विश्वस्त स्रोतको दाबी छ । महाधिवेशन लागेपछि मात्रै गुट कस्तो हुने र नेताहरु को कता जाने भन्ने कुरा स्पष्ट हुने बताईन्छ ।

अहिलेका महामन्त्री थापाले भने १५औं महाधिवेशनमा आफ्नै गुट खडा गर्नेगरि तयारी थालेका छन् । उनलाई अहिलेका उपसभापति विश्वप्रकाश शर्माले दरिलो साथ दिएका छन् । यसअघि गगनसँगै महामन्त्रीमा प्रतिष्पर्धा गरेका हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलपनि थापाकै गुटमा जोडिने पक्का भएको स्रोतको दाबी छ । थापाले आफू सभापति उठ्दा प्रदीपलाई नै महामन्त्रीको उम्मेद्वार बनाउने उच्चस्तरको समझदारी बनेको बताईन्छ । विश्वप्रकाशले भने उपसभापतिमै दोहोरिने मन बनाएका छन् ।

एमालेसँगको सहकार्यपछि देउवा थप शक्तिशाली बनेका छन् । उनले सरकारमा पनि प्रभावकारी हस्तक्षेप बढाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भएपनि सरकार सञ्चालनमा देउवा हाबी भएका छन्