राष्ट्रिय सभा बैठक

समय तोकेर जिम्मेवारी दिनुस्, समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु: वामदेव गौतम

समय तोकेर जिम्मेवारी दिनुस्, समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु: वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन्।

आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए। उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए। 

अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताए। अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै  अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए।

उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरू पूरा बताए। उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए।  उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए।  उनले खिचडी राजनीतिलाई बहिष्कार गर्न सुझाव दिए।