काठमाडौँ । अध्यादेश विवादपछि अन्ततः आज (शुक्रबार)देखि सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे सुरु भएको हो ।
सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । ती अध्यादेश आज संसदमा पेस हुनेछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश लगायतका विषयमा चर्को आवाज उठाउने तयारी गरेको छ । यसैबीच उसले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ ।