काठमाडौं। सत्ता साझेदार दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेको एक सहभागीले बताए।
‘हामी सबै एकैस्वर भएर संसद्मा जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । अरु धेरै कुरा भएन,’ ती नेताले भने। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गरेका थिए।
‘प्रधानमन्त्रीले सरकार र गठबन्धन राम्रोसँग चलिरहेको ब्रिफिङ गर्नुभयो । पूर्वप्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीले पनि (शेरबहादुर देउवा) ले पनि राम्रो छ भन्नुभयो’, उनले भने ।
सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको छ ।