'३२ सीट भएको दलले सरकार चलाउँदा प्राकृतिक, जनताले रोजेका पार्टीहरुले सरकार बनाउँदा अप्राकृतिक हुन्छ ?'

'३२ सीट भएको दलले सरकार चलाउँदा प्राकृतिक, जनताले रोजेका पार्टीहरुले सरकार बनाउँदा अप्राकृतिक हुन्छ ?'

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संसद्का दुई ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक भयो ? भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन्।


शनिबार काठमाडौंमा आयोजित एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले २७५ सदस्यीय सदनमा ३२ सीटे दलले सत्ताको नेतृत्व गर्दा प्रकृतिक हुने र जनताले रोजेका दलले सरकार बनाउँदा अप्राकृतिक हुने भन्ने प्रचण्डको तर्क बेतुकको रहेको जिकिर गरे।

‘२७५ सीट भएको संसदमा ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक हुने, जनताले रोजेका पार्टीहरुले सरकारको नेतृत्व गर्दा चाहिँ अप्राकृतिक हुन्छ रु त्यो सत्ता गुमाउँदाको छटपटीबाहेक केही होइन । आज प्रचण्ड सत्ता गुमाएको छटपटीबाट विचलित भएका छन्’ उनले भने।

फरक प्रसंगमा महासचिव पोख्रेलले तत्कालीन नेकपाको कार्यकालमा केपी ओली प्रधानमन्त्री हुँदा इतिहासमै पहिलो पटक नेपाल विश्वका सबैभन्दा धेरै जीडीपी हुने मुलुकको दशौं स्थानमा उक्लिएको दाबी गरे। ‘कमरेड ओलीले नेतृत्व गरेपछि यो मुलुकको जीडीपी लगातार तीन वर्ष ६ प्रतिशत भन्दा माथि थियो। यो भनेको विश्वको दशौं आर्थिक वद्धिदर हासील भएको मुकुलमा पुगेको थियो। तर, त्यहीबेला नेकपामा अन्तरविरोध भयो । र त्यो क्रमले निरन्तरता पाउन सकेन’ उनले भने।

महासचिव पोख्रेलले हालै सरकारले ल्याएका अध्यादेशको बचाउसमेत गरेका छन्। उनले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अध्यादेश ल्याईएको भन्दै अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताए।

‘संविधानले दिएको अधिकार प्रयोग गर्दा विरोध गर्नेहरु विकास विरोधी हुन्। अहिले ल्याएको अध्यादेश कुनै स्वार्थको लागि ल्याईएको होइन् । विकास र समृद्धिका लागि ल्याईएको हो। नेपालमा जारी गरिएको अध्यादेश राष्ट्रपति बाटजारी हुनुपर्छ । सदन खुलेपछि सदनमा पेश गरेर छलफल गुर्नपर्नेछ। यो सच्चाईलाई हामीले बुझ्न सक्नुपर्दछ। तर,के के न भएजसरी हाम्रो पार्टीमाथि चौतर्फी प्रहरा गरिँदैछ । केपी ओली माथिको प्रहार हामीलाई स्वीकार छैन। यो कुरा युवाले पनि अब बुझ्नुपर्छ। युवाले पनि भन्न सक्नुपर्छ’ उनले भने।