यस्तो छ विदेशी मुद्राको भाउ

काठमाण्डौ : बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ ४५ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४५ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६० पैसा थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७८ पैसा रहेको थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३५ पैसा तोकिएको थियो ।