काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ। पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले आज मुद्दा दायर गरेको हो । ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको छ।
अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सो प्रकरण सार्वजनिक भएलगत्तै सभापति पोखरेलले अनिललाई आफ्नो स्वकीय सचिवबाट बर्खास्त गरेका थिए।
आज ढिलागरी आरोपपत्र दर्ता भएको र भोलि अनिलको बयान भएर थुनछेक बहस सुरु हुने बताइएको छ।