देउवाले गरे कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्य मनोनीत

देउवाले गरे कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्य मनोनीत

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको नेपाली कांग्रेस प्रदेश समन्वय विभागको सदस्यहरु मनोनीत गरेका हुन् ।

मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन् ।