प्रचण्डलाई गोकुल बास्कोटाको प्रश्न: सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न मिल्छ ?

प्रचण्डलाई गोकुल बास्कोटाको प्रश्न: सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न मिल्छ ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र खतरामा परेको जिकिर गरेपछि सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रचण्डले सत्ता खुस्केको झोकं सिस्टम माथि पोख्न खोजेको बताएका छन् । उनले लेखेका छन् ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन।बढेमान नेताले सत्ता खुस्केको झोक सिस्टम माथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाईन पनि भुटान भ्रमण प्रभावी हो?प्रमाण त छैन तर शंकाको सुविधा पाईयो। सजिलै गणतन्त्र खतरामा ? आउछ के र को ? जवाफ खै?’

बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी दिएका थिए । ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ त्यसकारण हामी आम जनतालाई सर्तक रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ । अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ’ प्रचण्डले भनेका थिए ।