रविका कार्यकर्ताबाट अदालतभित्रै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

रविका कार्यकर्ताबाट अदालतभित्रै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएका छन् ।


सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रविका कार्यकर्ताले कुटेका हुन् । त्रिपाठीलाई कुटेपछि रास्वपाका कार्यकर्ताले अश्र्लिल नारासमेत लगाएका थिए ।

लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा हो-हल्लाका साथ नाराबाजी गरेका थिए।  ‘मैले पीडितको पक्षबाट बहस गरेको थिएँ । ममाथि हातपात, कुटपिट भयो । मेरो ब्यागसमेत खोसिएको छ,’– उनले भने ।