समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने

समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले काठमाडौंमा भव्य आमसभा गर्ने निर्णय गरेको छ। आज  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

‘आगामी माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौं भन्ने हामीले निर्णय गरेका छौ,’– बैठकपछि निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बसेको हो । समाजवादी मोर्चामा प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रा राय यादवलगायतका नेताहरु सहभागी थिए ।