दुई ठूला दल सरकारमा छन्, विकास ‘गति न मति’ को छः झलनाथ खनाल

दुई ठूला दल सरकारमा छन्, विकास ‘गति न मति’ को छः झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले दुई तिहाइ बहुमतको सरकार भएपनि विकास निर्माणको काम ‘गति न मति’ अवस्थामा रहेको टिप्पणी गरेका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


साथै, उनले अहिले जनता असाध्यै ठूलो जन्जालमा फसिरहेको र हरेक क्षेत्रमा समस्याको थुप्रो रहेको बताए । उनले भने, ‘दुई तिहाइ बहुमतकै सरकार छ, दुईवटा ठूला–ठूला पार्टीहरु सरकारमा छन् । विकास निर्माणको गति चाहीँ गति न मतिजस्तो भएको छ ।’