बारा । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको सरकार टिक्नेमा शंका रहेको पुर्व प्रधानमन्त्री माधव नेपालले बताए । बाराको कलैया स्थित करणराज होटलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सरकार टिक्नेमा शंका रहेको बताए ।
प्रधानमन्त्री केपी ओलीले आफनो दम्भमा एक्लै सरकार चलाउन खोजेकोले अन्य दल रुष्ट भएकोले सरकार टिक्न सम्भावना कम रहेको बताए । देशमा विकासको नाममा खाली चुटकिला भईरहेको बताए । विकास गर्ने योजना नभए आफ्नो पार्टीसँग सल्लाह लिन बताए ।
पालिका स्तरमा अस्पताल बनाउने योजना विकास नरहेको बताए । खर्व बजेट लगाई विशाल भवनको निर्माण त हुन्छ, तर दक्ष डाक्टर, प्रविधिक नहुदा खण्डहर भएर बजेट बालुवामा पानी सरह हुन्छ नेपाल भने ।
प्रत्येक पालिकाको सट्टा जिल्ला स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण हुदा विरामीहरू सेवा लिनुको साथै बजेटको अन्य विकासको कार्यमा लागु गर्न सकिने उनले बताए ।
निजगढ विमानस्थल, फास्ट ट्रयाक बजेटको अभावमा हैन कि सरकारको लापरवाहीले ढिलासुस्ती भएको आरोप लगाए । भिजन बिनाको सरकारले गफ मात्रै दिने उनले बताए । अनावश्यक ठाउको बजेट काटेर राष्ट्रिय स्तरको गौरवको योजनामा लगानी गरे देश विकासको फडको मार्नेमा जोड दिए ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पदको लागि लडनेले काम पनि गरेर देखाउनु पर्ने नेपालले बताए । पार्टीले प्रत्येक चार महिनामा मुल्यांकन प्रतिवेदन केन्द्रीय कमिटिमा पठाउनु पर्ने प्रवाधान लागु गरेको बताए । यसरी प्रतिवेदनको अधारमा पद कायम गर्ने व्यवस्था गरिएको बताए ।
प्रत्येक जिल्ला, गाउ, वडा, टोलटोलमा कमिटि गठन गर्ने कार्यकर्तालाई निर्देशन दिएका थिए । कमिटी विस्तार गरि पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । मिसन २०८४ को लागि कार्यकर्तालाई तयार रहन पार्टी अध्यक्ष नेपालले निर्देशन दिएका थिए । वडा देखि पालिका सम्मको लागि प्रत्येक उम्मेदवारले आफनो दम्भमा तयारी गर्न सुझाव दिएका थिए ।
प्रत्येक पालिकामा आफ्नो उम्मेदवारी मजबुत बनाउनु पर्ने बताए । आफै मजबुत भए मात्र अरु पार्टी आफै गठबन्धन गर्न आउने वतावरण सृजना गर्नु पर्ने बताए ।