काठमाडौं। नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धनमा कुनै खटपट नरहेको दाबी गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआएको बताएका हुन्।
अहिले सरकारमा रहेका दलहरु मिल्दापनि राष्ट्रिय सभामा दुईतिहाइ बहुमत नपुग्ने अवस्थालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ मा हुने अभिव्यक्ति दिएको उनले बताए । उनले यी कुराहरु पार्टीका आन्तरिक राजनीतिमा छलफल भएको बताउँदै यसले सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताए।
संविधानको संशोधन गर्नुपर्न धाराहरुमा छलफल गर्दै जाने र २०८७ मा संविधान पूर्ण रुपमा संशोधन हुनसक्ने भनी प्रधानमन्त्री ओलीले भनेको नेता भट्टले सुनाए।