थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइयो

थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण उनलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने गत बिहीबार ६५ लाख धरौटीमा कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए।

आज विहान लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। उनको बयान सकिएपनि थुनछेक बहस भने आज हुन सकेन। न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान भएको थियो ।

मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरीको हिरासतमा पठाइएको हो। लामिछानेलाई आज काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिने बताइएको छ ।

उनी अदालतबाट बाहिरिने क्रममा रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकको बाक्लो भीड लागेको थियो । लामिछाने बाहिरिने क्रममा समर्थकहरुले ‘रवि दाई हाई हाई’ लगायतका नारा लगाएका थिए।