आईतबार सुनको भाउ बढ्यो

काठमाण्डौ : सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले बढेको छ । सुनको भाउ सोमबार ७६ हजार पाच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ७६ हजार ७ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ४ सय रुपैया कायम गरीएको छ । चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताए । यस्तै चाँदी मंगलबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।