विपक्षी मोर्चा बलियो बनाउँदै साना राजनीतिक दलहरु

विपक्षी मोर्चा बलियो बनाउँदै साना राजनीतिक दलहरु

काठमाडौं। समाजवादी मोर्चालाई  पुन: गतिदिन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमाार नेपालबीच  छलफल भएको छ। सोही छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत सहभागी भएका छन्। यद्यपी समाजवादी मोर्चामा राप्रपा भने सहभागी छैन।

विपक्षी  मोर्चामा रहेका मुख्य तीन राजनीतिक दलका अध्यक्षहरू  बिच भएको भेटवार्तामा  संविधान संशोधन, समसायिक राजनीतिक  घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको हो। छलफल पछि माओावादी केन्द्रका अध्यक्ष प्रचण्डले  वर्तमान सत्ता गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपारदर्शी रहेको जिकिर गर्दै  गठबन्धनको निरन्तरता धेरै लामो समय नजाने प्रतिक्रिया दिएका छन्।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको बैठक पर्सि २ गते बस्नेसमेत जानकारी गराए। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजावादी र विप्लव नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रहेका छन्।

केही समय समाजवादी मोर्चा निष्कृय जस्तै बनेको वेला पुन: बैठकको तयारी गरिएको छ।

कुनै बेला समाजवादी मोर्चमा रहेका दलहरु सरकारबाट बाहिरिएसँगै तितर वितर भएका थिए। साना दलहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवादी मोर्चालाई उपयोग गरेको तर समेटेर लान नसकेको आरोप लगाउँदै आएका थिए भने प्रचण्डले पनि प्रधानमन्त्री रहुन्जेल मात्र मोर्चालाई उपयोग गरेको साना दलहरुको बुझाइ छ ।

फेरि एकपटक संविधान संशोधनमा थ्रेसहोल्ड सम्बन्धीको विषयले चर्चा पाएपछि छरिएका साना दलहरु एकत्रित हुन लागेका हुन । त्यसो त थ्रेसहोल्डकै विषयले पनि मधेशवादी दलहरुमा समेत तरङ्ग ल्याइदिएको छ । अहिले मधेशवादी दलहरु पुन: मधेशका मुद्दालाई लिएर एउटै मोर्चा बनाउने तयारी भन्दै थ्रेसहोल्डको विरुद्धमा लागेका छन् ।

त्यसैले थ्रेसहोल्डको विषयमा दलहरुको सहमति वा असहमति अब बन्ने गठजोर र मोर्चामा निर्धारण गर्ने विश्लेषण गरिएको छ ।