इजलाससमक्ष लामिछानेको निवेदनः बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान !

इजलाससमक्ष लामिछानेको निवेदनः बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान !

काठमाडौं। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज (बिहीबार) कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । सो क्रममा लामि छानेले आफूलाई तारेखमा छाडिदिन भनेका हुन् ।

उनले आफू र आफू नेतृत्वको रास्वपाले यसअघि पनि सहकारी पीडितको पक्षमा काम गरिरहेको जिकिर गर्दै यसपछि पनि उनीहरुको पक्षमा उभिने बताए ।

साथै, उनले प्रत्येक पटकको तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने बताए । ‘सहकारी पीडितका पक्षमा रास्वपाले नै धेरै काम गरिरहेको छ । थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,’– उनले इजलाससमक्ष निवेदन गरे ।

कास्की जिल्ला अदालतले छाडेपनि लामिछाने पुन पक्राउ पर्नेछन् । उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौंमा सहकारी ठगी र संगठित अपराध मुद्दा छ ।