मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त

काठमाडौं : सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवनविश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो ।

दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो । तर, त्रिविमा भन्दा डा। कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।