वाइडबडी खरिद अनियमितताको छानबिन गर्न संसदीय समिति बनाउन रास्वपा सांसदको माग

वाइडबडी खरिद अनियमितताको छानबिन गर्न संसदीय समिति बनाउन रास्वपा सांसदको माग

काठमाडौं। रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे छानबिन गर्नको लागि संसदीय समिति बनाउन माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद खनालले यस्तो माग गरेका हुन्।

उनले वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको बताउँदै नेपाली मुलका बेलायती नागरिक दीपक शर्माले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेको प्रसंग निकालेका छन्।

खनालले भने,‘नेपालमा अख्तियारले मुद्दा दायर गरेको छ। विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ । त्यहीभएर यो विषयमा संसदीय छानबिन समिति बनाएर हेर्नुपर्छ।’