राजदूत आउन ढिलाइ भएपछि पोर्तुगलबासी नेपालीमा त्रास

राजदूत आउन ढिलाइ भएपछि पोर्तुगलबासी नेपालीमा त्रास

सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुक जस्ता सञ्जाल हेर्‍यो भने पोर्तुगलबासी नेपालीहरूमा एक किसिमको त्रास स्पष्ट देखिन्छ । राजदूतावास नभएर कष्ट बेहोरिरहेको अवस्थामा नेपाल सरकारले राजदूत नियुक्त गरे पनि शपथको कार्यक्रममा ढिलाइ भएपछि उनीहरूमा त्रास देखिएको हो । 

पोर्तुगलमा नेपालीहरूबाट धेरै माग भए पछि नेपाल सरकारले पोर्तुगलको लागि पहिलो पटक राजदूत सनिल नेपाललाई २०८०कार्तिक २३ गते नियुक्त गरेको थियो । उनको नाम संसदीय समितिले पनि अनुमोदन गरेको थियो । तर पोर्चुगल सरकारको एग्रीमो प्रक्रिया हुँदै गर्दा नेपालमा सरकार परिवर्तन भएपछि थप प्रक्रिया अघि बढेन । 

कांग्रेस र एमालेको सरकार गठन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साउन १४ मा बसेको मन्त्रीमण्डलको बैठकबाट पोर्तुगलको लागि परराष्ट्रका सहसचिव डा प्रकाश मणि पौडेललाई नियुक्त गर्‍यो ।  संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदै पोर्चुगल सरकारको एग्रीमो अनि राष्ट्रपति रामचन्द्र पौडेलको नियुक्ति पत्र पछि उनी शपथको पर्खाइमा छन् । 

शपथमा ढिलाइ भएपछि फेरि सनिल नेपालको जस्तै पैडेल पनि पोर्चुगल नआइ नियुक्ति खारेज हुने हो कि भन्ने पोर्चुगल बासीमा छ । यसै बीच पोर्तुगलमा रहेका एकथरी मानिसले पुनः मकर हमाललाई पुन अबैतानिक महाबाणिज्यदूत बनाउनुपर्ने माग गर्दै आएका छन् । 

तर पोर्तुगलमा राजदूत अभियान सञ्चालन गर्दै आएका गंगा बहादुर नेम्कुलले भने राजदूत प्रकाशमणि पौडेल नै पोर्चुगल आउनेमा निश्चित भएकोले अबैतानिक महावाणिज्यदूत आवश्यक नरहेको बताएका छन् ।