भारतीय गुन्डा नाइके विश्नोईको नाम लिएर व्यवसायीलाई धम्की दिने एकजना पक्राउ

भारतीय गुन्डा नाइके विश्नोईको नाम लिएर व्यवसायीलाई धम्की दिने एकजना पक्राउ

काठमाडौँ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो । सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन । ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । थप बुझ्ने काम भइरहेकाले अहिले परिचय खुलाउन मिल्दैन’ सीआईबी स्रातले भन्यो ।

केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।