शुक्रबार यस्तो छ विदेशी मुद्राको भाउ

काठमाण्डौ : शुक्रबार अमेरिकन डलर लगायतत सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो यसको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकिएको थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ३३ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५१ पैसा रहेको थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५० पैसा रहेको थियो ।