पूजा बोहरा बलात्कार प्रकरणः दोषीलाई साढे ११ वर्ष कैद, दश लाख क्षतिपूर्ति भराउने फैसला

पूजा बोहरा बलात्कार प्रकरणः दोषीलाई साढे ११ वर्ष कैद, दश लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौंः आठ वर्षअघि बैतडीकी पूजा बोहराको सामूहिक बलात्कारमा संलग्न दुई जनालाई जनही साढे ११ वर्ष कैद हुने सर्वोच्च अदालतले ठहर गरेको छ । यसअघि दोषी ठहर भइसकेका सागर भट्ट र अम्मरराज अवस्थीलाई सर्वोच्चले जनही साढे ११ वर्ष कैद सजाय सुनाएको हो । दाषी ठहर भने कात्तिक ६ गते नै भइसकेको थियो ।

अदालतले बलात्कारको कसुरमा हुने सजायमा साढे ६ वर्ष र सामूहिक बलात्कारमा थप पाँच समेत गरी दुबैलाई साढे ११ वर्ष कैद सुनाएको हो । यस्तै, सरकारबाट पाँच लाख रुपैयाँ र दोषीबाट जनाही साढे दुई लाखका दरले हुन आउन पाँच लाख गरी दश लाख रुपैयाँ पीडितलाई भराउन पनि सर्वोच्चले फैसलमा उल्लेख गरेको छ ।

२०६७ सालमा एसएलसी परीक्षाको तयारी गरिरहेकी पूजामाथि सामूहिक बलात्कार भएको थियो। उक्त मुद्दामा जिल्ला अदालतले भने पीडकलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको थियो। पुनरावेदन अदालतले उक्त आदेश बदर गरे पनि सर्वोच्चले त्यसलाई पुनः बदर गरेको हो ।