काठमाडौं। चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली कार्यभार सम्हाल्न बेइजिङ पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेलगत्तै उनले बेइजिङ पुगेर काम थालेका हुन्।
सरकारले गत साउनमा चीनसहित १९ देशका लागि राजदूत सिफारिस गरेको थियो। ओली चीनका लागि सिफारिस भएका थिए।
तिहारकाबीचमा ओलीको अग्रिमो आएको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीमा सहयोग गर्नेगरी लगत्तै उनलाई राजदूत नियुक्त गरिएको थियो।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तिो आएको थियो। यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ। यद्यपिओली मंसिर १७ गते चीन जाने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।