कार्यालय पुगपछि सरकारले दियो सार्वजनिक बिदा, कर्मचारी अन्योलमा

कार्यालय पुगपछि सरकारले दियो सार्वजनिक बिदा, कर्मचारी अन्योलमा

काठमाडौं । सरकारले आज बिहान सार्वजनिक बिदा दिने निर्णय गरेकोछ । सरकारको निर्णयढिला आउँदा कर्मचारी भने कार्यालय पुगिसकेका थिए । उनीहरु अलमलमा परेका छन् ।  विद्यालयहरु त बिहानैदेखि खुलिरहेकै थिए ।

बैंकलगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो । तर,  सरकारले एक्कासी देशभर सार्वजनिक बिदा दिने निर्णय गर्‍यो ।

बिहान नौ बजे बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने भनेर निर्णय गरेको हो । 

अधिकांश निजी विद्यालयहरु भने ढिलो प्राप्त सूचनाका कारण खुलै रहेका छन् ।