स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी

स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी

काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले) ले पूर्वी रुकुमको पुथा उत्तरगंगामा तालमेल गर्ने तयारी थालेका छन् ।

आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेर माओवादीलाई हराउने रणनीतिअनुसार तयारी भइरहेको बताइएको छ ।

पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेलका लागि संवाद भइरहेको बताइएको छ ।

सवारी दुर्घटनामा परी उपाध्यक्ष उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए ।