काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरकी मूल पुजारी सरस्वती राजी झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।
उनी बुधवार बिहान मन्दिरको ढोकामै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए । मूल पुजारी राजी झुण्डिएर भुइँमा बसेको अवस्थामा मृत भेटिएकी हुन् । डोरी टाँगेको ठाउँ उनीजति अग्लो पनि छैन । यसैले स्थानीयले यसलाई शंकास्पद घटनाको रुपमा बुझेको पाइएको छ ।
प्रहरी निरीक्षक डाँगीले भने प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नै भएको हुन सक्ने खुलेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।