काठमाडौँ । ज्यान मुद्धामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री दीपक मनाङेलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको छ।
मंगलबार बिहान स्वयम्भू क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो । गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो ।