काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको तयारी गरेको छ।
उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छ। यी तीनै मुद्दामा बयान नसकिएको कारण प्रहरीले म्याद थपको तयारी छ।
अहिले तिहार बिदा सुरु भएकोले तिहारको बिदा सकिनासाथ म्याद थपको तयारी रहेको प्रहरीले जनाएको छ।
कतिपयले बयान सकिएको भनेर बताइरहेको बेलामा अनुसन्धानमा संलग्न अधिकारीले भने अझै बयान नसकिएको दाबी गरेका छन्। लामिछानेलाई बयानको लागि रुपन्देही लग्ने प्रहरीको तयारी छ।