काठमाडौं । कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।